काठमाडौं, भदौ १३ :

काठमाण्डौंको जडिबुटीमा आज बिहान सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

बिहान करीब ३ बजेतिर भएको दुर्घटनामा स्कुटर चालक नवलपरासी स्थायी घर भई हाल भक्तपुर लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल र काभ्रेपलाञ्चोक  घर भएका २३ वर्षका नितेश नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जडिबुटीको आकासे पुलनजिकै सडक छेउमा रोकी राखेको  बसमा उनीहरु चढेको  स्कुटर ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो । उपचारकै क्रममा ट्रमा सेन्टरमा उनिहरुको मृत्यु भएको प्रहरीको भनाइ छ ।