बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल#गोकर्ण जङ्गलको वनदेवी #पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल#गोकर्ण जङ्गलको वनदेवी
समाचार सुदूरपश्चिम प्रदेश अर्थतन्त्र

‘लगानीको वातावरण बनाउन लगानीमैत्री नीति बनाउनेतर्फ ध्यान दिन जरुरी छ’

पर्यटकीय सम्भावना बोकेको सुदूरपश्‍चिमा लगानी गर्न आह्वान
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १३ भदौ, २०८२ मा प्रकाशित
‘लगानीको वातावरण बनाउन लगानीमैत्री नीति बनाउनेतर्फ ध्यान दिन जरुरी छ’
काठमाडौं, भदौ १३ :

सुदूरपश्‍चिम पर्यटकीय दृष्टिकोणले ‘भर्जिन ल्यान्ड’ भएको उल्लेख गर्दै लगानी गर्न आह्वान गरिएको छ । सुदूरपश्‍चिम लगानी तथा विकास सम्मेलनको पूर्वसन्ध्यामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सुदूरपश्‍चिम सरकारसँगको आयोजना र नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको पर्यटन क्षेत्रसम्बन्धी छलफल तथा अन्तर्क्रियामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सुदूरपश्चिमको पर्यटकीय पूर्वाधारमा लगानीका लागि आह्वान गरेका हुन् ।

‘सुदूरपश्‍चिम पर्यटक आकर्षणका मुख्य आधार नेचर, कल्चर र एड्‌भेन्चरको समिश्रण भएको प्रदेश हो । सुदूरपश्चिका थुप्रै पर्यटकीय सम्भावना उजागर भइरहेका छन्,’ उनले भने, ‘यस लगानी सम्मेलनमार्फत सुदूरपश्‍चिमका पर्यटकीय पूर्वाधारमा लगानी गर्न लगानीकर्ताहरुलाई आह्वान पनि गर्दछु ।’

मन्त्री पाण्डेले लगानी सम्मेलनको सम्पूर्ण आयामहरुमार्फत पूर्ण तयारीमा उल्लेख गरे  । उनले भने, ‘हामीले यसका लागि निजी क्षेत्रलाई विश्‍वासमा लिने र लगानीको वातावरण सिर्जना गर्न कानुनी उल्झन समाधान गर्ने र लगानीमैत्री नीति बनाउनेतर्फ ध्यान दिनुपर्दछ ।’

सुदूरपश्‍चिमको पर्यटन विकासका लागि सूदूरपश्‍चिममा नेपाल पर्यटन बोर्डको कार्यालय यही वर्ष स्थापना गर्न बजेट विनियोजन गरिएको पनि मन्त्री पाण्डेले जानकारी गराएका छन् ।

त्यसैगरी सुदूरपश्‍चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्‍चिम सरकार निजी क्षेत्रलाई लगानीका लागि स्वागत गर्न आतुर रहेको उल्लेख गरे । उनले भने, ‘हामी सुदूरपश्‍चिमका सम्भावनाहरुलाई लगानी सम्मेलनमार्फत राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चिनाउन चाहन्छौं । यसका लागि स्वदेशका निजी क्षेत्रलाई लगानीका लागि आवश्यक कानुनी तथा लगानी सुरक्षाको ग्यारेन्टी हामी लिन तयार छौं ।’

मुख्यमन्त्री शाहले लगानी सम्मेलनमा सहभागी हुन र त्यहाँका सम्भावनाको अध्ययन गर्दै लगानी गर्न आह्वान गरेका  हुन् ।

सुदूरपश्‍चिममा आगामी मंसिर १ र २ गते धनगढीमा लगानी सम्मेलन आयोजना हुने भएको छ । यसै सन्दर्भमा विभिन्न विधामा लगानीका लागि सुदूरपश्‍चिम सरकार काठमाडौंमा आएर विभिन्‍न निकायसँग छलफल गरिरहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सभाहलमा शुक्रबार भएको अन्तर्क्रियामा सुदूरपश्‍चिम सरकारका तर्फबाट सुदूरपश्‍चिममा पर्यटकीय सम्भावना र लगानीको वातावरणको स्थितिबारे प्रस्तुतीकरण गरिएको थियो ।

अन्तर्क्रियामा नेपाल होटेल व्यवसायी संघका अध्यक्ष विनायक शाह, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, नाटाका सीईओ युविका राजभण्डारी, एनएमएका उपाध्यक्ष ठाकुरराज पाँडे, सिद्धार्थ होटेल एन्ड ग्रुप अफ कम्पनीका सीईओ कृष्ण न्यौपाने, टानका महासचिव रामप्रसाद सेढाईं, नेपाल उद्योग परिसंघको पर्यटन समिति सभापति पम्फा धमला, नाराका महासचिव देवराज जोशीलगायत पर्यटन सम्बद्ध निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।

पर्यटनसम्बन्धी सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुले सुदूरपश्‍चिममा लगानी गर्न आफूहरु तयार रहेको भए पनि सरकारले आवश्यक नीति र लगानीको क्षेत्र पहिचान गर्नुपर्ने सुझाए ।

सरकारले पछिल्लो समय सुदूरपश्‍चिम र कर्णाली प्रदेशका हिमालहरुको आरोहण दुई वर्षका लागि नि:शुल्क गरेको छ । सुदूरपश्‍चिमका पछिल्लो समय धनगढी विमानस्थलको स्तरोन्नति र कञ्‍चनपुर विमानस्थल निर्माणको अन्तिम चरणमा छ । छलफलमा सुदूरपश्‍चिम धार्मिक दृष्टिले पनि पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै लगानीका लागि आह्वान गरिएको हो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार