सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन #प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन
समाचार राजनीति

सरकारले तोक्यो विशेष अदालतमा अध्यक्ष र सदस्य

विशेष अदालत : अध्यक्षमा सुदर्शनदेव भट्ट तथा सदस्यमा पौडेल, रावल, श्रेष्ठ र कोइराला
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १३ भदौ, २०८२ मा प्रकाशित
सरकारले तोक्यो विशेष अदालतमा अध्यक्ष र सदस्य
काठमाडौं, भदौ १३ :

सरकारले विशेष अदालतका अध्यक्ष र सदस्यहरू तोकेको छ ।

न्यायपरिषद्को सिफरिसमा बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टलाई तोकेको हो । हाल विशेष अदालतका अध्यक्ष रहेका टेकनारायण कुँवर उच्च अदालत जनकपुरको न्यायाधीशमा सरुवा भएका छन् ।

यस्तै सदस्यहरूमा उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश नारायणप्रसाद पौडेल, उच्च अदालत सुर्खेतका न्यायाधीश हेमन्त रावल, जुम्ला इजलासका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र वीरगन्ज इजलासका न्यायाधीश उमेश कोइरालालाई तोकेको हो ।

विशेष अदालतका अध्यक्ष र सदस्यहरू न्यायपरिषद्को सिफारिसमा मन्त्रिपरिषद्ले तोक्ने कानुनी व्यवस्था छ ।

साउन ३० गते बसेको न्यायपरिषद् बैठकले नै परामर्श दिएको भए पनि दुई सातापछि मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो । विशेष अदालतमा विशेषगरी भ्रष्टाचासम्बन्धी मुद्दाको सुनुवाइ हुन्छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार