बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

सभागृहमा ३३औं महानगर प्रहरी दिवस, उत्कृष्टलाई पुरस्कार

काठमाडौं महानगर प्रहरी बल महानगरपालिका घोषणा हुनुअघि २०५० भदौ १४ गते नगर प्रहरी सेवाका रूपमा गठन भएको थियो ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १४ भदौ, २०८२ मा प्रकाशित
सभागृहमा ३३औं महानगर प्रहरी दिवस, उत्कृष्टलाई पुरस्कार
काठमाडौं, भदौ १४ :

काठमाडौं महानगर प्रहरी बलले ३३औं महानगर प्रहरी दिवस मनाउँदै छ ।

राष्ट्रिय सभागृहमा शनिबार बिहान ९ बजेपछि हुने औपचारिक कार्यक्रममा काठमाडौं महानगरका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलगायतको उपस्थिति रहनेछ । महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार ‘महानगर प्रहरी बलले आफ्नो ३३औं स्थापना दिवसको अवसरमा भदौ ११ गते स्वयम्भू परिसर सरसफाइ गरेको थियो । भदौ १२ गते नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्म सरसफाइ गरेको थियो । त्यस्तै भदौ १३ गते बिहान बालाजु पार्कभित्र वृक्षरोपण सम्पन्न गरेको पाण्डेले जनाए ।

३३औं महानगर दिवसका अवसरमा आव ०८१/८२ मा राम्रो कार्य सम्पादन गर्ने प्रहरीहरूलाई महानगर प्रहरी गौरव पुरस्कार, उत्कृष्ट महानगर प्रहरी पुरस्कार, महानगर प्रहरी पुरस्कार, ग्रेड वृद्धिलगायत पुरस्कारले प्रहरीहरूको हौसला बढाइनेसमेत पाण्डेले जानकारी दिए ।

काठमाडौं महानगर प्रहरी बल महानगरपालिका घोषणा हुनुअघि २०५० भदौ १४ गते नगर प्रहरी सेवाका रूपमा गठन भएको थियो  ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार