शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार कर्णाली प्रदेश

खण्डहर बन्दै ऐतिहासिक टक्सार बजार अअहहश

· शनिबार, १४ भदौ, २०८२ मा प्रकाशित
खण्डहर बन्दै ऐतिहासिक टक्सार बजार  अअहहश
भोजपुर, भदौ १४ :

औद्योगिक, व्यापारिक तथा साँस्कृतिक पहिचान बोकेको भोजपुरको ऐतिहासिक टक्सार बजार अहिले संरक्षणको पर्खाइमा छ ।

‘सानो पाटन’को नामले चिनिएको यो बजार बसाइँसराइका कारण सुनसान बनेको छ ।

दर्जनौँ धार्मिक एवं सांस्कृतिकस्थल समेटिएको यो बजार क्रमशः जीर्ण हुँदै गएको स्थानीयबासी अम्रिका तामाकार बताउछन् । “ऐतिहासिक टक्सार बजार नेपालकै गौरव बोकेको स्थल हो” उनले भने, “तर वर्षैपिच्छे खण्डहर बन्दै गएको छ । यो ऐतिहासिक क्षेत्रको संरक्षणको खाँचो छ ।”

विसं १८७२ देखि १८८७ सम्म टक्सारमा डोली पैसा बन्ने गथ्र्यो भन्ने ऐतिहासिक तथ्य छ । तत्कालीन नेपाल सरकारले विसं १८७० देखि पूर्वी पहाडका जिल्लामा खनिज पदार्थ उत्खनन थालेपछि टक्सारमा अड्डासमेत स्थापना भएको थियो ।

यहाँ विस १९९३ मा स्थापना भएको शाक्यमुनि विहार, सरस्वती गुफा, अजिमा थान, महेन्द्र पार्क, राधाकृष्ण मन्दिर, गणेश मन्दिर, भिमसेन थान, तीन धारा लगायतका धार्मिकस्थल रहेका छन् । बस्ती घट्दै गएसँगै यी सम्पदा पनि ओझेलमा पर्न थालेको स्थानीय राजकुमार श्रेष्ठ बताउछन् । “टक्सारमा दजनौँ धार्मिक स्थल छन्,” उनले भने, “जुन स्थान पर्यटकको आकर्षणको केन्द्र पनि हुन् । बजार नै जीर्ण बनेकाले यी क्षेत्र ओझेलमा परेका छन् ।”

राणाकालमा यहाँ टकमारीमार्फत बनाइएका एक तोला र दुई तोलाका डोली पैसा चलनमा आएका थिए । टक काट्ने पहिलो कालीगढ देवदत्त शाक्य रहेको स्थानीयबासीको भनाइ छ ।

विसं २०१३ मा तत्कालीन राजा महेन्द्र शाहले टक्सारलाई औद्योगिक क्षेत्रको रूपमा घोषणा गरेका थिए । सो समयमा करिब २०० ÷३०० परिवारको बसोबास रहेको यो बजारमा अहिले बस्ती घट्दै गएको स्थानीयको भनाइ छ ।

टक्सार बजारको पहिचान जोगाउन संरक्षणसँगै नयाँ बस्ती विस्तारको अवधारणा आवश्यक रहेको स्थानीय बताउने गरेका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार