काठमाडौं, भदौ १४ :

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको शुभकामना दिएका छन् ।

सामाजिक सञ्जालमार्फत मेयर बालेनले प्रधानमन्त्रीलाई सुझाव दिदै लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सन आग्रह गरेका छन् ।

उनले लेखेका छन् "चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यु । नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनू होला ।

All the best हामीलाई तपाई माथि पुर्ण विश्वास छ ।"