शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

बालेन लक्षित डंगोलको टिप्पणी- महानगर प्रहरी व्यक्तिको प्रतिनिधि हुनु हुँदैन

संस्थाको असल प्रतिनिधिका रुपमा काम गर्नुपर्छ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १४ भदौ, २०८२ मा प्रकाशित
बालेन लक्षित डंगोलको टिप्पणी- महानगर प्रहरी व्यक्तिको प्रतिनिधि हुनु हुँदैन
फाइल तस्वीर ।
काठमाडौं, भदौ १४ :

काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले महानगर प्रहरीलाई फिल्डमा खटिँदा व्यक्तिको प्रतिनिधि नभई संस्थाको प्रतिनिधि भएर काम गर्न सुझाव दिएकी छन्।

३३ औँ महानगर प्रहरी दिवसको अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उपमेयर डंगोलले महानगर प्रहरी मेयर बालेन्द्र साहको निर्देशनअनुसार मात्रै चल्ने गरेको भन्ने आरोपप्रति लक्षित गर्दै यस्तो बनाएकी हुन् ।  साथै कानुनी शासनको प्रतिनिधित्व गर्ने मानक स्थापित गर्न पनि आग्रह गरिन्।

डंगोलले भनिन्, ‘बर्दी लगाएर फिल्डमा जाँदा म कोही व्यक्तिको प्रतिनिधित्व होइन, म संस्थाको प्रतिनिधित्व गर्छु, म कानुनी शासनको प्रतिनिधित्व गर्छु भन्ने कुरा स्थापित गर्न सक्नुहोस्।’

उनले काठमाडौँ महानगरपालिकामा सुशासन स्थापना गर्न र उदाहरण बन्नका लागि सबै नगर प्रहरीलाई आग्रह गरिन्।उनले भनिन्, ‘नागरिकको सुखदुःख, जात्रा, पर्वमा सधैँ जनतासँगै हुने महानगर प्रहरीले संस्थाको असल प्रतिनिधिका रुपमा काम गर्नुपर्छ ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार