थियानजिन, भदौ १४ :

प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ । 

शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा आज अपराह्न त्यहाँ पुगेका प्रधानमन्त्री ओलीले  राष्ट्रपति सीसँग थियानजिन अतिथिगृहमा भेटवार्ता गरेका हुन्। 

भेटवार्तामा दुई देश बीचको आपसी हित, सम्बन्ध विस्तारलगायत बारेमा छलफल भएको बताइएको छ । केहीबेर भएको उनीहरुबीचको भेटवार्तामा भएका अन्य विषयको बारेमा भने केही खुलाइएको छैन ।

 प्रधानमन्त्री ओलीले लिपुलेकको विषयमा कुरा उठाउने भने पनि त्यो अबसर मिल्यो कि मिलेन भन्ने कुरा केही बताइएको छैन । राष्ट्रपति सीले  प्रधानमन्त्री ओलीलाई अतिथिगृहमाा स्वागत गरेका थिए।