
प्रतीकात्मक तस्बिर ।
किएभ, भदौ १४ :
युक्रेनको पश्चिमी सहर एल्भिभमा शनिबार गोली हानी पूर्वसभामुख एन्ड्री पारुबीको हत्या गरिएको छ। ५४ वर्षीय पारुबीको घटनास्थलमै मृत्यु भएको थियो ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस हत्याको पुष्टि गर्दै, पारुबीको हत्या सम्बन्धी विस्तृत अनुसन्धान गर्न प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भने, ‘हामी यस हत्या प्रकरणको गम्भीरतासाथ अनुसन्धान गर्नेछौं।’
पारुबी सन् २०१6 देखि २०१९ सम्म युक्रेनको संसदका सभामुख थिए ।प्रहरीले हत्याको कारण खुलेको नसकेको र आक्रमणकारीको खोजी जारी राखिएको जनाएको छ ।