शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
अर्थतन्त्र

सुनको मूल्य २ लाख ३ हजार ६००, चाँदीको भाउ कति ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १५ भदौ, २०८२ मा प्रकाशित
सुनको मूल्य २ लाख ३ हजार ६००, चाँदीको भाउ कति ?
काठमाडौं, भदौ १५ :

नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले रेकर्ड बनाउने क्रमलाई निरन्तरता दिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ हजार रुपैयाँले बढेको छ । यसैगरी चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला दुई लाख ६०० रुपैयाँमा कारोबार भएको थियो । आज (आइतबार) सुनले रेकर्ड राख्दै दुई लाख तीन हजार ६०० रुपैयाँ प्रतितोला कायम छ ।

यसैगरी चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले बढ्दै २४ सय २५ रुपैयाँ कायम छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी प्रतितोला २३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार