
काठमाडौं, भदौ १५ :
प्रधानमन्त्री केपी ओली राष्ट्रिय भाव जगाउने गरी सामाजिक सञ्जालमा प्रकट भएका छन् । चीन भ्रमणमा रहेका ओलीले लिपुलेक-लिम्पियाधुरा र कालापानी समेटिएको नेपाली नक्सा (जसलाई ओलीले चुच्चे नक्सा पनि भन्ने गर्छन्) माथि राष्ट्रिय झन्डा राखिएको तस्बिरसहित लेखेका छन्, ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी.. जय जय- नेपाल ।’
सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी रहेका बेला तथा चीन-भारत लिपुलेक सहमतिप्रति चिनियाँ राष्ट्रपति सी चिनफिङसँग आपत्ति जनाएपछि प्रधानमन्त्री ओली सामाजिक सञ्जालमा यसरी प्रस्तुत भएका हुन् । उता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपतिसँगको भेटमा नेपाल-भारतबीच विवाद नरहेको आशय प्रकट गरेका छन् ।