शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण#भुटानको हिमताल#फुट्यो#जनकपुरधाम-अयोध्या#विशेष रेल सेवा उद्घाटनको तयारी#लागुओषध कारोबारी पक्राउ#चक्रवात ‘अर्नब’को प्रभाव #नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण#भुटानको हिमताल#फुट्यो#जनकपुरधाम-अयोध्या#विशेष रेल सेवा उद्घाटनको तयारी#लागुओषध कारोबारी पक्राउ#चक्रवात ‘अर्नब’को प्रभाव
समाचार

मुख्यमन्त्री लामालाई विश्वासको मत

· मंगलबार, १६ साउन, २०८१ मा प्रकाशित
मुख्यमन्त्री लामालाई विश्वासको मत

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । 

लामाले संबिधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न संसदमा राखेको प्रस्ताब बहुमतले पारित भएको हो ।

सभामुख भुवन पाठकले मुख्यमन्त्री लामाले राख्नुभएको विश्वसको मत सम्बन्धि प्रस्ताब बहुमतले पारित भएको घोषणा गर्नुभयो ।

प्रस्ताबको पक्षमा ६४ मत र विपक्षमा ३५ मत खसेको थियो ।

बागमती प्रदेश सभामा रहेका ७ दल मध्य नेपाली कांग्रेस र एमाले दुई दलले मात्रै लामालाई विश्वासको मत दिएका थिए ।

नेमकिपाका ३ सदस्य भने तथस्ट रहेका थिए ।

१ सय १० प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सभाको आजको बैठकमा १०३ सदस्य मात्रै उपस्थित थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार