बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल#गोकर्ण जङ्गलको वनदेवी #पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल#गोकर्ण जङ्गलको वनदेवी
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

दार्चुलामा अटोरिक्सा दुर्घटना हुँदा एक बालिकाको मृत्यु, दुईजना बेपत्ता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १६ भदौ, २०८२ मा प्रकाशित
दार्चुलामा अटोरिक्सा दुर्घटना हुँदा एक बालिकाको मृत्यु, दुईजना बेपत्ता
दार्चुला, भदौ १६ :

दार्चुलामा अटोरिक्सा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन् ।

नौगाड गाउँपालिका–५ शौकेबगरमा अटोरिक्सा दुर्घटना भएर नौगाड खोलामा खस्दा ११ वर्षीया अरुणा धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो । उक्त दुर्घटनामा अन्य दुईजना बेपत्ता भएका उनले बताए।

होपरीगाडबाट धुलिगडातर्फ गइरहेको म १ ह ११४८ नम्बरको अटोरिक्सा दुर्घटना भएर नौगाड खोलामा खसेको हो । प्रहरी निरीक्षक रावतका अनुसार अटोरिक्सामा पाँचजना सवार थिए । चालक मनिराम भुललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चालक मनिरामका छोरा १७ वर्षीय आयुस सो दुर्घटनामा घाइते भएका छन् । उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बेपत्ता भएकाको पहिचान  खुल्न नसकेको प्रहरी निरीक्षक रावतले बताए । बेपत्ताको खोजी गर्न धुलिगडा र होपरीगाडबाट प्रहरी टोली घट्नास्थलमा पुगेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार