
सरकारले यही भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकका २४ निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सोमबार मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरेका हुन् ।
बैठकले उच्च अदालतका पाँच न्यायाधीशलाई विशेष अदालत र राजस्व न्यायाधिकरणका लागि जिम्मेवारी दिएको छ । विशेष अदालतको अध्यक्षमा उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शनदेव भट्टलाई नियुक्त गरिएको छ ।
त्यस्तै विशेष अदालतका सदस्यमा उच्च अदालत पाटन, हेटौंडाका न्यायाधीश नारायणप्रसाद पौडेल, उच्च अदालत सुर्खेतका न्यायाधीश हेमन्त रावल, उच्च अदालत सुर्खेत, जुम्लाका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र उच्च अदालत जनकपुर, वीरगन्ज इजलासका न्यायाधीश उमेश कोइरालालाई नियुक्त गरिएको छ ।
राजस्व न्यायाधिकरण नेपालगञ्जको अध्यक्षमा उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीलाई तोक्ने निर्णय गरिएको छ । साथै, श्रम अदालतको सदस्यमा अधिवक्ता कुमारी खरेल (झापा) लाई नियुक्त गरिएको छ ।
बैठकले विभिन्न मन्त्रालय र निकायका प्रतिनिधिहरूलाई अन्तर्राष्ट्रिय सम्मेलन तथा कार्यक्रमहरूमा सहभागिताका लागि स्वीकृति दिएको छ ।साथै सरकारले विभिन्न निकायहरूमा आवश्यक अस्थायी दरबन्दीहरू स्वीकृत गरेको छ ।
यसका साथै बैठकले न्याय क्षेत्र, विदेश भ्रमण, अस्थायी दरबन्दी स्वीकृति, नियुक्ति र अन्तर्राष्ट्रिय समझौता लगायतका विषयमा विभिन्न निर्णयहरू गरेको छ ।
यस्ता छन् थप निर्णय :