शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार विदेश

अफगानिस्तानमा भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ८ भन्दा बढी पुग्यो

· मंगलबार, १७ भदौ, २०८२ मा प्रकाशित
अफगानिस्तानमा भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ८ भन्दा बढी पुग्यो
काठमाडौं, भदौ १७ :

पूर्वी अफगानिस्तानमा आएको भूकम्पमा ज्यान गुमाउनेको संख्या ८ भन्दा बढी पुगेको छ ।  हजारौं घाइते भएका छन् । भुकम्पपछि  मानिसहरूले खुला आकाशमुनि रात बिताएका छन् ।  उद्धार कार्य अहिले पनि जारी छ।

धेरैजसो मृत्यु पर्वतीय कुनार प्रान्तमा भएका छन् ।  सो क्षेत्र आइतबार राति आएको ६.० रेक्टर स्केलको भूकम्पको केन्द्रबिन्दुको सबैभन्दा नजिक थियो। अधिकारीहरूले सम्पूर्ण गाउँहरू ध्वस्त भएको हुँदा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन्।

धेरै देशहरूले सहयोगको प्रतिज्ञा गरिसकेका छन् तर केही गाउँहरू अझै पनि पहुँच बाहिर रहेका छन् र स्थानीय स्वास्थ्य संस्थाहरु चापमा परेका छन्।

यो विपत्ति अफगानिस्तान गम्भीर खडेरी,सहयोग कटौती र विश्व खाद्य कार्यक्रमले अभूतपूर्व भोकमरी सङ्कट भनेर वर्णन गरेको अवस्था बीच आएको हो।

भूकम्प आइतबार राति स्थानीय समयअनुसार २३:४७ मा आएको हो ।  देशको पाँचौं ठूलो शहर जलालाबाददेखि करिब २७ किलोमिटर (१७ माइल) पूर्व, नंगरहार प्रान्तमा भुकम्प गएको थियो।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार