
रुपन्देही, भदौ १७ :
रूपन्देही–३ को उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले अर्जुन थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
कमल थापा नेतृत्वको राप्रपा नेपालले सांसद दीपक बोहोराको निधनपछि खाली भएको प्रतिनिधिसभा सिटमा थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
उक्त उपनिर्वाचनका लागि केही दलहरूले उम्मेदवार टुंग्याइसकेका छन् भने केही दलहरू अझै छनोट प्रक्रियामा छन्। आगामी कात्तिक १७ गते निर्वाचनको मिति तय भएको छ ।