काठमाडौं, भदौ १८ :

संसदीय सुनुवाइ समितिको रिक्त सभापति पदका लागि भदौ २० गते शुक्रबार निर्वाचन हुने भएको छ। यसबारेमा सभामुखले प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सांसदहरूलाई जानकारी गराएका हुन्।

समिति सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएसँगै यो पद खाली रहेको छ। उनी अहिले राज्यव्यवस्था तथा सुशासन समितिको सभापति भएकी छन् ।

यसअघि संघीय निजामती सेवा विधेयकमा 'कुलिङ पिरियड' को व्यवस्था हटाउने प्रयत्न भएको विषयमा छानबिन गर्न गठित समितिले तत्कालीन सुशासन समितिका सभापति रामहरि खतिवडालाई नैतिक जिम्मेवार ठहर गर्दै प्रतिवेदन दिएको थियो। त्यसपछि उनले सुशासन समितिको सभापतिको पदबाट राजीनामा दिएका थिए। खतिवडालाई सुनुवाइ समितिको सभापति बनाउने प्रयास स्वरुप सदस्य बनाइसकिएको छ ।