शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

‘जिएसआईमा नेपालले कुनै सहमति गरेको छैन’

· बिहीबार, १९ भदौ, २०८२ मा प्रकाशित
‘जिएसआईमा नेपालले कुनै सहमति गरेको छैन’
काठमाडौं, भदौ १९ :

सरकारले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स जिएसआईमा नेपालले कुनै किसिमको सहमति नगरेको पुनःस्पष्ट गरेको छ ।

चीनको थियानजिनमा आयोजित साङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यही भदौ १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको भेटवार्तामा जिएसआईमा ‘नेपालले सहमति जनाएको’ भनेर सार्वजनिक भएका समाचार आधारहीन भएकाले भ्रममा नपर्न सरकारले अनुरोध गरेको छ ।

परराष्ट्र सचिव अमृतबहादुर राईले “मुलुकले अङ्गीकार गरेको असंलग्न परराष्ट्रनीतिप्रति सरकार पूर्ण प्रतिबद्ध छ परराष्ट्र सम्बन्ध लगायत संवेदनशील विषयमा वास्तविकता नबुझि टीकाटिप्पण नगर्न सम्बद्ध सबैमा मेरो आग्रह छ उनले भने । 

प्रधानमन्त्री ओली र राष्ट्रपति सी नेतृत्वको वार्तामा सहभागी परराष्ट्र सचिव राईले ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ्स’ लगायत द्विपक्षीय, क्षेत्रीय र अन्तरराष्ट्रिय चासोका विषयमा दुवै नेताबीच छलफल भएको बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार