सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

सामाजिक सञ्जाल कानुनबमोजिम सञ्चालन हुनुपर्छ : उपसभापति गुरुङ

‘एउटा चिया पसल दर्ता हुनुपर्ने, सामाजिक सञ्जाल दर्ता हुनु नपर्ने भन्ने होइन’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २० भदौ, २०८२ मा प्रकाशित
सामाजिक सञ्जाल कानुनबमोजिम सञ्चालन हुनुपर्छ : उपसभापति गुरुङ
फाइल तस्बिर ।
काठमाडौं, भदौ २० :

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सामाजिक सञ्जाल कानुनबमोजिम सञ्चालन हुनुपर्ने बताएका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्मचारी युनियनको विशेष अधिवेशनको आज उद्घाटन गर्दै उनले सामाजिक सञ्जाललाई कानुनबमोजिम सञ्चालन गर्नुपर्ने बताए ।

‘म कानुनमन्त्री भएकै बेला नेपालमा टिकटक बन्द भएको थियो, दर्ता भएपछि पुनः सञ्चालनमा आयो, एउटा चिया पसल दर्ता हुनुपर्ने, संसारभर  चल्ने सामाजिक सञ्जाल दर्ता नभए पनि चल्ने यो हुन सक्दैन’,उनले भने।

सामाजिक सञ्जाललाई व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो । उनले सामाजिक सञ्जालको बारेमा लिएर भएका तर्क विर्तकभन्दा पनि के गर्दा मुलुकलाई राम्रो हुन्छ त्यहीअनुसार अगाडि बढ्नुपर्ने धारणा राखे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार