शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

लम्कीमा जुत्ताचप्पलको गोदाममा आगलागी हुँदा ७० लाख बढीको क्षति

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २१ भदौ, २०८२ मा प्रकाशित
लम्कीमा जुत्ताचप्पलको गोदाममा आगलागी हुँदा ७० लाख बढीको क्षति
कैलाली, भदौ २१ :

कैलालीमा जुत्ताचप्पलको गोदाममा आगलागी भएको छ । 

आगलागीबाट रु ७० लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

आज बिहान २:४० बजेको समयमा लम्कीचुहा नगरपालिका–१ लम्कीस्थित टीकापुर रोडमा रहेको कल्पना ट्रेडर्स एण्ड सप्लायर्स एक्कासि आगलागी भएको जनाइएको छ ।

आगलागी भएलगत्तै लम्कीचुहा नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले बताए ।

लम्की निवासी कल्पना जैशीले सञ्चालन गर्दै आएको गोदाममा चप्पल र जुत्ता रहेका थिए ।

आगलागीबाट गोदाममा रहेका सम्पूर्ण सामान जलेर नष्ट भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । गोदाममा कोही बस्ने नभएकाले आगलागी कसरी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार