शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

उराँव समुदायको उत्थानका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्छः सभापति देउवा

· शनिबार, २१ भदौ, २०८२ मा प्रकाशित
उराँव समुदायको उत्थानका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्छः सभापति देउवा
सुनसरी, भदौ २१ :

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उराँव समुदायको उत्थानका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन् ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा आज करम पूर्वसन्ध्या तथा करम पूजा सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै सभापति देउवाले उराँव समुदायको उत्थानका लागि स्थानीय र प्रदेश सरकार बढी सक्रिय भएर योजना बनाउनुपर्ने बताउनुभयो । उराँव समुदायका लागि विशेष कार्यक्रम ल्याउन सरकारसँग उहाँले आग्रहसमेत गरेका छन् ।

सभापति देउवाले उराँव समुदायका नागरिकको शैक्षिक गुणस्तर उकास्न स्थानीय तथा प्रदेश सरकारसहित सङ्घीय सरकारको सहकार्य र समन्वय आवश्यक पर्ने खाँचो औँल्याए । यो समुदायको उत्थानका लागि नेपाली कांग्रेसले नेपाल उराँव सङ्घ गठन गरेको उनले जानकारी दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, राजिव कोइराला, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजाद, कोसी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीलगायत व्यक्तिको सहभागिता थियो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार