काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू जारी भएको छ। जेनजीको प्रदर्शनले उग्ररुप लिन थालेपछि काठमाडौँका प्रमुख जिल्ला अधिकारीले कर्फ्यू आदेश जारी गरेका हुन्। अघि मध्याह्न १२ :३० देखि लागू भएको कर्फ्यू राति १० बजेसम्म जारी रहने जनाइएको छ ।
कर्फ्यू लागु भएका क्षेत्रहरु :
बानेश्वर चोकदेखी पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म ।
बानेश्वर चोकदेखी पूर्व मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म ।
बानेश्वर चोकदेखी उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म ।
बानेश्वर चोकदेखी दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म ।