काठमाडौं, भदौ २३ :

नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा रबरको गोली लागेर तीनजना पत्रकार घाइते भएका छन् । कान्तिपुर टिभीका पत्रकार श्याम श्रेष्ठ,फोटो पत्रकारद्वय दिपेन्द्र ढुंगाना र उमेश कार्की  नयाँबानेश्वर क्षेत्रमा प्रहरीको गोली लागेर घाइते भएका छन् । 

जेनजीको प्रदर्शनको दृष्य संकलनका लागि गएका श्याम श्रेष्ठको पाखुरामा गोली लागेको हो । उनको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको छ । त्यहाँ गोली लागेर अन्य केही प्रदर्शनकारी पनि घाइते भएका छन ।