काठमाडौं, भदौ २३ :

बानेश्वर क्षेत्रमा भएको झडपमा प्रदर्शनकारीसहित प्रहरी पनि घाइते भएका छन् । दुई प्रहरीसहित केही प्रदर्शनकारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको सिभिल अस्पतालमा उपचार भइरहेको छ । अन्य केही घाइतेहरुको ट्रमा सेन्टरमा पनि उपचार भइरेको छ । भ्रष्ट्राचार र बेतिथिविरुद्ध जेनजीले काठमाडौंसहित देशव्यापी प्रदर्शन गरेका छन् ।

सिभिल अस्पताल प्रशासनले घाइते प्रर्दशनकारीको भिड बढेपछि सबैको उपचार गर्न असमर्थ देखिएको भन्दै अन्यत्र रिफरका लागि आग्रह गरेको छ। 
अहिले अस्पतालको इमर्जेन्सीले नधानेपछि ओपीडीमा समेत राखेर उपचार भइरहेको छ।

अस्पतालका मेडिकल डाइरेक्टर डा दीपक पौडेकका अनुसार अस्पतालमा १ सयभन्दा बढी घाईतेहरुको उपचार भइरहेको छ।