कास्की, भदौ २३ :

जेनजीहरुले गण्डकीको मुख्यमन्त्री कार्यालयमा आगजनी र तोडफोडको प्रयास गरेपछि पोखरामा कर्फ्यु लगाइएको छ । पोखरा ७, राष्ट्रबैंक चोक नजिकै रहेको जिल्ला प्रशासन कार्यालय बाहिर नाराबाजी गरेपछि सो समूह त्यसको माथि रहेको मुख्यमन्त्री कार्यालय पुगेको थियो। प्रदर्शनकारीले त्यहाँ मुख्यमन्त्री कार्यालयमा आगजनी र ढुंगामुढा पनि गरे।

प्रदर्शनकारीको ढुंगा प्रहारबाट मुख्यमन्त्री कार्यालयका झ्यालका सिसाहरू फुटेका छन्। नाराबाजी र प्रदर्शन भएपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको थियो। त्यो क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ।

जेनजीको प्रदर्शनीलाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको प्रशासनिक कार्यालयहरु रहेको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ।