
काठमाडौं, भदौ २३ :
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। साँझ ६ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाइएका हुन् । बैठकले जेनजीहरुले गरेको आन्दोलनका विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ ।
भ्रष्टाचार र बेतिथिविरुद्ध जेनजीहरुले आज गरेको देशव्यापी आन्दोलनका क्रममा भएको मानवीय क्षतिको बारेमा निर्णय गर्ने बुझिएको छ । प्रदर्शनका क्रममा कम्तिमा ६ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् ।