
काठमाडौं, भदौ २३ :
गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् ।
सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेपछि उनले जिम्मेवारी लिँदै नैतिकताको आधारमा राजीनामा दिएका हुन् । उनले पार्टी बैठकमा पनि आफू नैतिकताका आधारमा पदमा नबस्ने जानकारी गराएका थिए ।
जेनजीको प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले मृत्यु भइसकेको छ ।