
संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालयले नेपालमा भएको प्रदर्शनमा प्रदर्शनकारीहरू मारिनु र घाइते भएको घटनाबाट अत्यन्तै स्तब्ध भएको बताउँदै तत्काल पारदर्शी छानबिनको माग गरेको छ ।
युवाहरूले आयोजना गरेका भ्रष्टाचार विरुद्धका र हालै सरकारले लगाएको सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्धका प्रदर्शनका क्रममा सुरक्षा बलहरूले अनावश्यक वा असंगत बल प्रयोग गरेको गम्भीर र चिन्ताजनक आरोपहरू प्राप्त गरेको भन्दै शान्तिपूर्ण सभा र अभिव्यक्ति स्वन्तन्त्रताको अधिकारलाई सम्मान गर्न र सुनिश्चित गर्न आग्रह गरेको छ ।
सबै सुरक्षा निकायहरूले बल प्रयोग सम्बन्धी कानुनी अधिकारीहरूले अपनाउने आधारभूत सिद्धान्तहरूको पालना गर्न अनिवार्य छ। नेपाल जीवन्त लोकतन्त्र र सक्रिय नागरिक सहभागिता भएको देश हो र युवाहरूको चासो सम्बोधन गर्ने सर्वोत्तम माध्यम संवाद हो। सामाजिक सञ्जाल नियमनका उपायहरू नेपालका मानवअधिकार प्रतिबद्धताहरूसँग मेल खाने गरी पुनर्विचार गर्न आह्वान समेत गरेको छ ।