काठमाडौं, भदौ २४ :

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले  प्रधानमन्त्री केपी शर्मा ओलीलाई आतंकवादीको संज्ञा दिएका छन्।

सोमबार मध्यराति सामाजिक सञ्जाल फेसबुकमा  स्टाटस लेख्दै प्रमुख शाहले ओलीमाथि आक्षेप लगाएका हुन्।

काठमाण्डौंको नयाँ बानेश्वर प्रदर्शनको घटनाप्रति प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेको भनाईआएपछि  त्यसको प्रतिक्रियामा शाहले सामाजिक संजालमा  स्टाटस पोष्ट गरेका हुन् ।  

प्रमुख शाहले ओलीका सन्तान नभएको विषयलाई जोड्दै आफ्नो फेसबुकमा लेखेका छन्, “साँच्चै नै कहिले बा हुन पाएको भए पो छोराछोरीको मृत्युको पीडा बुझ्थिस्। तेरो भरौटेहरूको पो बा भइस्।”
उनले लेखेका छन् “यस्तो आतंकवाद यो विश्वले कहिल्यै देखेको थिएन। तँ नेता त के मान्छे पनि बन्न सकिनस्, आतंकवादी होस्।”