काठमाडौं, भदौ २४ :

काठमाण्डौं जिल्ला प्रशासन कार्यालयले काठमाण्डौं  महानगरपालिकाको चक्रपथ क्षेत्र भित्र अनिश्चितकालीन कर्फयु आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज बिहान साढे ८ बजे देखि अनिश्चितकालिन कफ्र्यू आदेश जारी गर्नुभएको हो ।
सो क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न कुनैपनि प्रकारको भेला, जुलुस प्रदर्शन, सभा, बैठक घेराउ गर्न नपाउने गरी कर्फयु आदेश जारी गरिएको छ ।

कर्फयु जारी भएका क्षेत्रहरु

बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौसाला, चावहिल, नारायणगोपाल चोक, गंगबु, बालाजु, स्वयम्भु, कलंकी, बल्खु हुदै वाग्मती नदी पुलसम्मको चक्रपथ भित्रको सम्पुर्ण भुभागमा कर्फयु आदेश जारी गरिएको छ ।

सो अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधन, संचारकर्मी, पर्यटक सवारी साधन, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधन र हवाई टिकटका आधारमा हवाई यात्रुहरुको आवागमनमा सुरक्षाकर्मीहरुबाट सहजीकरण गरिने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।