भक्तपुर, भदौ २४ :

भक्तपुर जिल्ला प्रशासन कार्यालयले पनि आजबिहान ८:३० बजेबाट लागु हुने गरी  अनिश्चितकालीन कर्फयु आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज बिहान साढे ८ बजे देखि अनिश्चितकालिन कफ्र्यू आदेश जारी गर्नुभएको हो ।
भक्तपुर जिल्लाको मध्यपुर थिमी सूर्यविनायक चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिका भित्र कर्फयु आदेश जारी गरिएको क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न, कुनैपनि प्रकारको भेला, जुलुस प्रदर्शन, सभा, बैठक घेराउ गर्न नपाउने गरी कर्फयु आदेश जारी गरिएको छ ।