
ललितपुर, भदौ २४ :
प्रदर्शनकारीहरुले नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा ढुगामुढा र आगजनी गरेका छन् ।
ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले आगजनी गर्नुका साथै आगजनी गरेका हुन् । स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरीले जनाएकोछ ।
जेनजी पुस्ताले हिजोबाट सुरु गरेको आन्दोलनले यग्र रुप लिएको छ ।
उपत्यका लगायत देशका मुख्य मुख्य शहरहरुमा कर्फयु जारी गरिएपनि प्रदर्शनकारीहरुले आन्दवलन गरिरहेका छन् । र पार्टीका नेताहरुको निवासमा आक्रमण गरेका छन् ।