काठमाडौं, भदौ २४ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले राजनीमा घोषणा गरेकी छिन् ।यसअघि रास्वपाकै सांसद असिम शाहले यसअघि नै राजीनामाको घोषणा गरिसके । सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा घोषणा गरेका हुन् ।

कार्कीले भनिन् ,‘म आधिकारिक रुपमा पत्र नै बुझाउँला तर आज भाद्र २४ गते ११:५५ बजे देखि नै यो अपराधी र संवेदनाहीन सरकारको कठपुतली बनेको संसदको जिम्मेवारीबाट हट्ने र २०७९ को निर्वाचनको सांसद नरहने घोषणा गर्दछु।’
रास्वपाका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।  संसदीय दलको आकस्मिक बैठकबाट राजीनमा हुने अनुमान गरिएको छ ।