प्रधानमन्त्रीबाट राजीनामा दिएका केपी शर्मा ओलीले राजनीतिक निकासका लागि राजीनामा दिएको बताएका छन् । मुलुकमा उत्पन्न असामान्य परिस्थितलाई ध्यानमा राख्दै आफूले राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि राजीनामा दिएको उनले बताएका छन् ।
प्रधानमन्त्रीबाट राजीनामा दिँदै उनले भनेका छन्, ‘हाल मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधनको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु ।’
उनले राष्ट्रपतिलाई सम्बोधन गरी राजीनामा दिएका हुन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।