
काठमाडौं, भदौ २४ :
जेनजीहरूले सिंहदरबार गेटमा सुरक्षाकर्मीको हतियार खोसेर आफैं पड्काएका छन् । उनीहरूले गेटमा रहेका सुरक्षाकर्मीको बन्दुक खोसेर पड्काएका हुन् । संसद् भवन परिसरमा पनि जेनजी युवाहरूले बन्दुक खोसेका थिए ।
उनीहरुले शीतलनिवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, प्रमुख दलका कार्यालयहरुमा आजगनी गरेका छन् ।