काठमाडौं, भदौ २४ :

वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले सार्वजनिक सम्पत्ति जोगाउन र संयमित बन्न अपिल गरेका छन् । देशभर भइरहेको विरोध प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिको संरक्षण गर्न प्रदर्शनकारीहरूलाई विशेष अपिल गरेका हुन्।

डा. रुइतले भने, 'सार्वजनिक सम्पत्ति माथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन। सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व हो। तसर्थ सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौं र गर्न नदिउँ। संयम बनौं।'

उनले सबैलाई शान्तिपूर्ण ढंगले देश निर्माणमा जुट्न आह्वान गर्दै थपे, 'सबै मिलेर देश जोगाऔं, सबै जुटेर देश बनाऔं।'