काठमाडौं, भदौ २४ :

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी पुस्ताका प्रदर्शनकारीलाई खर फर्कन पुन: अपिल गरेका छन्। बालेनले सामाजिक सञ्जालमार्फत भने, 'देश तपाईंहरुकै हातमा हो। तपाईंहरुले नै बनाउने हो।'

सामाजिक सञ्जालमार्फत उनले अब देश नयाँ पुस्ताको हातमा आइसकेको भन्दै अब हुने क्षति सबैको हुने बताएका छन्।  ‘देश तपाईंहरुकै हातमा हो। तपाईंहरुले नै बनाउने हो,’उनले भने, ‘अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो। अब घर फर्किनुहोस्।’