
काठमाडौं, भदौ २४ :
प्रधानमन्त्रीले राजीनामा दिएपछि वर्तमान सरकारले घुँडा टेकेको भन्दै विजय उत्सव मनाउन थालेका छन् । दिनभर उग्र प्रदर्शन गरेका जेनजी प्रदर्शनकारीहरूले अहिले विजय उत्सव मनाउन थालेका हुन् ।
काठमाडौं महानगरपालिकाका मेयर बानेन्द्र शाहाले पटक पटक जेनजीलाई सार्वजनिक सम्पत्तिमा आगजनी नगर्न र घर फर्कन आग्रह गरेका थिए । सोही बमोजिम उनीहरुले तोडफोडलाई रोक्दै ठाउँठाउँमा विजय उत्सव मनाउन थालेका छन् ।
सरकारले लगाएको कर्फ्यू आदेशको वास्तै नगरी प्रदर्शनकारीहरुले देशभरका प्रशासनिक निकायमा आगजनी गरी क्षति पुर्याएका छन् ।
सामाजिक सञ्जाल बन्दको विरोधमा सुरु गरिएको प्रदर्शन हिंसात्मक बनेपछि सोमबार १९ जनाको मृत्यु भएको थियो । त्यसपछि झनै आक्रोशित भएका जेनजी युवाहरू आज पनि प्रदर्शनमा उत्रिएका थिए ।