काठमाडौं, भदौ २४ :

सिभिल अस्पतालमा तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ । विभिन्न स्थानबाट उपचारका लागि ल्याइएका मध्ये तीनजनाको मृत्यु भएको हो । विभिन्न स्थानमा घाइते भएका १९० जनालाई उपचारका लागि ल्याइएको अस्पताल प्रशासनले जनाएको छ ।दुई जना घाइतेलाई भने थप उपचारका लागि अन्य अस्पताल रिफर गरिएको जनाइएको छ ।