
काठमाडौं, भदौ २४ :
नेपाली सेनाले देशको प्रमुख प्रशासकीय भवन सिंहदरबार आफ्नो नियन्त्रणमा लिएको छ । त्यहाँ भित्र पसेका प्रदर्शनकारीलाई बाहिर निकालेर सेनाले नियन्त्रणमा लिएको हो । नेपाली सेनाले देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु सबैको कर्तव्य रहेको स्मरण गराएको छ ।