शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

कानुनी शासन स्थापित गर्न सहयोग गर्न नेपाल प्रहरीको अनुरोध

· मंगलबार, २४ भदौ, २०८२ मा प्रकाशित
कानुनी शासन स्थापित गर्न सहयोग गर्न नेपाल प्रहरीको अनुरोध
काठमाडौं, भदौ २४ :

नेपाल प्रहरीले कानुनी शासन स्थापित गर्ने कार्यमा साथ सहयोग गर्न अनुरोध गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय,प्रहरी महानिरीक्षकको सचिवालयद्वारा आज जारी प्रेस विज्ञप्तिमार्फत घाइतेहरुको उद्धार,उपचार,क्षतिको पुनःनिर्माण एवं कुनै पनि आपराधिक समूहबाट हुने क्षतिलाई रोकी कानुनी शासन स्थापित गर्ने कार्यमा सबैले साथ सहयोग प्रदान गर्न अनुरोध  गरेको हो ।

विज्ञप्तिमा जेनजीको प्रदर्शनका क्रममा भएको दुःखद् घटनामा प्रहरी र आम नेपाली दाजुभाइ,दिदी बहिनीहरु नेपालको राष्ट्रिय सुरक्षा,राष्ट्रहित र अपराध न्यूनिकरणका लागि जम्मेवारी बोधका साथ मुलुक प्रति समर्पित हुन अत्यन्त आवश्यक भएको समेत उल्लेख गरिएको छ ।

“प्रदर्शनका क्रममा भएको जनधनको क्षति अन्त्यन्तै अपूणीय एवं दुःखद् छ त्यसबाट उत्पन्न परिणाम स्वरुप परिस्थितिलाई बिग्रन नदिन र नागरिक र प्रहरीका साझेदारीपूर्ण, शान्तिपूर्ण,सहकार्यका माध्यमले आन्दोलनका क्रममा भएका घाइतेहरुको उद्धार, उपचार, क्षतिको पुनःनिर्माण एवं कुनै पनि अपराधिक समूहबाट हुने क्षतिलाई रोकी शान्ति पुनःस्थापनार्थ निर्वाह गर्नुपर्ने दायित्वमा एकाकार भई प्रहरीलाई सार्वजनिक शान्ति अमन चयन,अपराध नियन्त्रण र अनुसन्धान गरी कानुन कार्यान्वयनका माध्यमले कानुनी शासन स्थापित गर्ने कार्यमा सबैले साथ सहयोग प्रदान गर्नु हुन नेपाल प्रहरी सबैमा हार्दिक अनुरोध गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार