काठमाण्डौं,साउन १६ : काठमाडौं उपत्यकाका तीन जिल्लामा विभिन्न नदी तथा खोलाहरूमा बाढी आएको छ। गएराति देखिको अविरल वर्षाका कारण बागमती नदी, हनुमन्ते खोला, गोदावरी खोला, मनोहरा खोलामा बाढी आएको आएको हो। वाग्मती नदीको पानी सतह बन्दा माथि पुग्दा कोरिडोरका सडकहरु जलमग्न भएका छन् ।
पछिल्लो १२ घन्टामा उपत्यकाका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौंको धाप ड्याममा १०७.८ मिलिमिटर, बूढानीलकण्ठमा ९० मिलिमिटर, कपनमा ७४ मिलिमिटर, सुन्दरीजलमा ६०.६ मिलिमिटर, बबरमहलमा ६२.२ मिलिमिटर, नैकापमा ६१.४ मिलिमिटर, कीर्तिपुरमा ६५ मिलिमिटर, टीकाथलीमा ६७.४ मिलिमिटर, खुमलटारमा ५९.४ मिलिमिटर वर्षा मापन भएको छ।