काठमाडौं, भदौ २५ :

जेनजीको नाममा भएको आन्दोलनका क्रममा तोडफोड,आगजनीका साथै लुटपाटका घटनाहरु भएपछि नेपाली सेनाले हिजो राती १० बजेबाट नेपाली सेना परिचालन गरिएको छ ।

थापाथली

सेना परिचालन गरिएपछि काठमाण्डौंका सडकहरुमा सेनाहरु सक्रिय छन् ।अहिले स्थिति पनि सामान्य बन्दै गएको छ । कडाईका साथ चेकजाँच गरिएको छ ।


सिंहदरबार

यातायातका साधन चलेका छैनन्  भने बाटोमा हिडडुल गर्न पनि कडाई गरिएको छ ।

स्वास्थ्य,दमकल,प्रेस सहितका अत्यावश्यक सवारी साधन निर्बाध चलिरहेका छन् । पसल, बजार बन्द गरिएका छन् ।

सिंहदरबार

काठमाण्डौंका सडकहरुमा आन्दोलनकारीले तोडफोड र आगजनी गरेपछि बाँकी रहेका अवशेष छ्याप्छ्याप्ती देखिएका छन् ।