विमान उडान अवतरण मार्गमा देखिएको धुवाका कारण त्रिभुवन विमानस्थल बन्द रहने
बुधबार, २५ भदौ, २०८२ मा
प्रकाशित
काठमाडौं, भदौ २५ :
उपत्यकामा जारी निषेधाज्ञा कर्फ्यु आदेश उपत्यकाको विषम परिस्थिति लगायत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल वरपर विमान उडान अवतरण मार्गमा देखिएको धुवा लगायतले विमानको सुरक्षामा गम्भीर असर पर्न सक्ने देखिएकोले अर्को सूचना जारी नभए सम्मका लागि विमानस्थल बन्द रहने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
विमानस्थल बन्द रहेको अवस्थामा विमानस्थलमा नआइदिनु हुन समेत आग्रह गरेको छ । विमानस्थल खुलेको सुचना पछि मात्रै सम्बन्धित वायु सेवा कम्पनीमा सम्पर्क गरी मात्रै विमानस्थल आउनुहुन सबैमा अनुरोध गरेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।