काठमाडौं, भदौ २५ :

 नयाँ बानेश्वरस्थित संघीय संसद् भवन  जेनजी आन्दोलनका क्रममा ध्वस्त भएपछि  प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले अर्को सूचना जारी नहुँदासम्मकालागि प्रतिनिधिसभा स्थगित गरेको जानकारी दिएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सूचना जारी गर्दै जानकारी दिएका छन् । 

मिति २०८२ साल भदौ २५ गते बुधबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभा बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखले अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ भनी  महासचिव पाण्डेले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।