काठमाडौं, भदौ २५ :

सुन्धारास्थित केन्द्रीय कारागारबाट करिब ३३ सय कैदीबन्दी फरार भएका छन्। कारागारमा रहेका ३८सय कैदीबन्दीमध्ये अहिले करिब ५ सयजना मात्र बाँकी रहेका छन्।

भद्रबन्दीगृहमा रहेका टोपबहादुर रायमाझी पनि निस्केको जनाएको छ। उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा राखिएका थिए।

फरार भएकामध्ये केही कैदीबन्दी कारागार फर्किन पनि थालेका छन्। हालसम्म करिब ५० जना कैदी कारागार फर्किसकेको र केही कैदी फर्किने प्रक्रियामा रहेको जनाइएको छ।

नख्खु कारागारबाट निस्केका कैदीबन्दीहरू सुन्धारा आएर त्यहाँ तोडफोड गरेका थिए। त्यसपछि सुरक्षाका लागि खटिएको नेपाल प्रहरी भागेर सेनाको मुख्यालय पुगेपछि मात्र  नेपाली सेना घटनास्थल पुगेको थियो।