काठमाडौं, भदौ २५ :

भ्रष्टाचार र बेतिथिविरुद्ध आन्दोलन गरेका जेनजी युवाहरूले सरकार नरहेको यो अवस्था अब कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा भर्चुअल मिटिङ गरेका छन् ।

 करिब चार हजार जना रहेको सो मिटिङमा के-कस्ता एजेन्डा तयार पार्ने भनेर सल्लाह सुझाव लिएका छन् । नेपाली सेनासँग वार्ताका लागि आह्वान गरिरहँदा उनीहरुले आफूहरुको एजेन्डामा प्रस्ट हुन खोजेका छन् । उनीहरुले भ्रष्टाचाररहित पारदर्शी शासन व्यवस्थामा जोड दिएका छन् ।

अब देशलाई अगाडि कसरी बढ्ने? नेतृत्वमा कसलाई ल्याउने भन्ने विषयमा उनीहरूले लाइभ छलछल गरे। यी र यस्ता विषयमा गम्भीर रुपमा छलफल गर्नुपर्ने भएकाले सेनासँगको वार्ताका लागि समय थप लिनुपर्ने उनीहरुको निष्कर्ष रहेको छ ।

यद्यपि उनीहरुले शान्ति सुरक्षा कायम गर्ने जिम्मा चाहिँ सेनालाई दिनुपर्नेमा एक मत देखिन्थ्यो । उनीहरुले अबका मुद्दा र नेतृत्वको विषयमा साझा धारणा बनाउन नयाँ प्राक्टिस गरेका हुन् ।