काठमाडौं, भदौ २६ :

काठमाडौं उपत्यकामा लागू गरिएको कर्फ्यु भोलि भदौ २७ गते बिहान ६ बजेसम्मका लागि थप गरिएको छ। जेनजी आन्दोलनका क्रममा उत्पन्न सुरक्षा स्थितिलाई मध्यनजर गर्दै काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा र कर्फ्युको अवधि लम्ब्याइएको हो।

नेपाली सेनाले शुक्रबार बिहान एसएमएसमार्फत जानकारी दिँदै अत्यावश्यक उपभोग्य वस्तु व्यवस्थापनका लागि स–सानो समूहमा काम गर्न सकिने जनाएको छ।

सेनाले भनेको छ, ‘दैनिक जनजीवन सहज बनाउन उपभोग्य वस्तु व्यवस्थापनका लागि बिहान ६ देखि ९ र साँझ ५ देखि ७ बजेसम्म खुला रहने भए पनि स–सानो समूहमा कार्य गर्न आग्रह गर्दछौं।’ तर ‘सानो समूह’ भन्नाले कति जनाको समूहलाई जनाइएको हो भन्ने स्पष्ट गरिएको छैन। कर्फ्यु अवधिमा अत्यावश्यक सेवासम्बन्धी सवारीसाधन र संस्था भने सञ्चालनमा गर्न सकिनेछ ।