बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

सुन तस्करीका नाइके ‘गोरे’ कारागारबाट फरार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २६ भदौ, २०८२ मा प्रकाशित
सुन तस्करीका नाइके ‘गोरे’ कारागारबाट फरार
काठमाडौं, भदौ २६ :

बहुचर्चित साढे ३८ क्विन्टल सुन तस्करी काण्डका नाइके चूडामणि उप्रेती ‘गोरे’ सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका छन्। 

जेनजी आन्दोलनसँगै काठमाडौंको सुन्धारा कारागारमा आगजनी र तोडफोड भएपछि ठूलो संख्यामा कैदीबन्दी भागेका थिए। सुरक्षा निकायका अनुसार सुन्धाराबाट मात्रै करिब ३,३०० कैदी फरार भएका छन्। त्यही भीडमा गोरे पनि भागेका हुन्।

सुन्धारा कारागारमा ३,८०० कैदीमध्ये केवल ५०० कैदी मात्रै घटनापछि कारागारमा रहेका थिए। अहिले केही फरार कैदी फर्किएको जनाइएको छ।

गोरे साढे ३८ क्विन्टल सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त हुन्। दुबईबाट आएको साढे ३३ किलो सुन हराएपछि त्यसमा संलग्न भरियालाई हत्या गरिएको पत्ता लागेको थियो। तर सनम शाक्य हत्या अभियोगमा गोरेसहित ६ जनालाई जन्मकैद सुनाइएको थियो। उनी अहिले उक्त मुद्दामा दोषी ठहर भई केन्द्रीय कारागारमा थुनामा थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार