काठमाडौं, भदौ २६ :

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेका पूर्वमन्त्री टोपबहादुर रायमाझीले कारागार फर्किन तयार रहेको बताएका छन्।

कारागार प्रशासनका अनुसार रायमाझीले टेलिफोन सम्पर्क गर्दै जहाँ पठाए पनि जान तयार छु भन्ने अभिव्यक्ति दिएका छन्। तर प्रशासनले अहिलेको परिस्थितिमा फेरि खबर गरिने भन्दै तत्काल कारागार नआउन आग्रह गरेको बताइएको छ। रायमाझी घटनाअघि सुन्धारास्थित केन्द्रीय कारागारमा थिए।

शरणार्थी प्रकरणमै पक्राउ परेका पूर्वसचिव टेकनारायण पाण्डेले पनि कारागार प्रशासनलाई फर्कने इच्छा व्यक्त गरेका छन्। सो कारागारमा रहेका ३,८०० कैदीमध्ये ३,३०० भन्दा बढी फरार भइसकेका छन्।